दफा
सम्बन्धित प्रहरी कार्यालयलाई सूचना दिनु पर्ने
(१) अनुसूची–१ मा उल्लिखित कुनै कसूरको सम्बन्धमा कुनै प्रहरी कार्यालयमा प्राप्त भएको सूचनाको व्यहोराबाट वा प्रहरी कार्यालय आफैले त्यस्तो कसूर अन्य प्रहरी कार्यालयको क्षेत्रभित्र भएको वा भइरहेको वा हुन लागेको थाहा पाएमा त्यस्तो प्रहरी कार्यालयले त्यस्तो सूचना यथाशिघ्र सम्बन्धित प्रहरी कार्यालयमा पठाइदिनु पर्नेछ र आवश्यकता अनुसार सूचना दिने ब्यक्तिलाई पनि सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भौगोलिक विकटता वा अन्य कुनै कारणले अनुसन्धान अधिकारी तत्काल उपलब्ध हुन नसक्ने भई कसूर गर्ने ब्यक्ति उम्कने तथा कसूरसँग सम्बन्धित दसी, प्रमाण लोप हुन सक्ने भएमा त्यस्तो क्षेत्रभित्रको वारदातका हकमा पनि त्यस्तो सूचना प्राप्त गर्ने सम्बन्धित प्रहरी कार्यालयका अधिकार प्राप्त अनुसन्धान अधिकारीले प्रारम्भिक अनुसन्धान गरी सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रारम्भिक अनुसन्धान गर्नुअघि त्यस्तो अधिकारीले सम्बन्धित प्रहरी कार्यालय र एक तह माथिको प्रहरी कार्यालयलाई जानकारी दिनु पर्नेछ ।